close

नयाँ वर्षको उपलक्ष्यमा उडान टिकट खरिद तथा इन्टरनेट बिल भुक्तानीमा क्यासब्याक दिँदै नमस्ते पे

टेकपाना टेकपाना

चैत २८, २०८० १८:१५

नयाँ वर्षको उपलक्ष्यमा उडान टिकट खरिद तथा इन्टरनेट बिल भुक्तानीमा क्यासब्याक दिँदै नमस्ते पे

काठमाडौं । भुक्तानी सेवाप्रदायक 'नमस्ते पे'ले नयाँ वर्षको उपलक्ष्यमा उडान टिकट खरिद तथा इन्टरनेटको बिल भुक्तानीमा नगद फिर्ता दिने अफर सुरु गरेको छ । आउँदो ५ वैशाखसम्म सञ्चालन हुने अफर अन्तर्गत नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्ने यात्रुले प्रत्येक टिकटमा तत्कालै रु. १५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार क्यासब्याक प्रति टिकट मान्य हुने भएकाले यात्रुले जति धेरै टिकट खरिद गर्छन्, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन् ।

त्यसैगरी नमस्ते पेमार्फत इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताले पाँच प्रतिशत (अधिकतम रु. १०० सम्म) को क्यासब्याक प्राप्त गर्नेछन् ।

अफरमा सहभागी हुन कुनै प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८० १८:१५