close

ह्वाट्सएपपछि अब मेसेन्जरबाट पनि एचडी गुणस्तरमा फोटो पठाउन सकिने

टेकपाना टेकपाना

चैत ३०, २०८० ११:४७

ह्वाट्सएपपछि अब मेसेन्जरबाट पनि एचडी गुणस्तरमा फोटो पठाउन सकिने

काठमाडौं । अब ह्वाट्एसप जस्तै मेसेन्जरबाट पनि एचडी फोटो पठाउन सकिने भएको छ । मेटाका सीईओ मार्क जुकरबर्गलके हालै एक पोस्ट राख्दै मेसेन्जरमा ग्रुप फोटो एल्बम र एचडी फोटो फिचर ल्याइएको जानकारी दिएका हुन् । 

जुकरबर्गका अनुसार प्रयोगकर्ताले स्पष्ट र उच्च गुणस्तरको फोटो पठाउनका लागि यो फिचर प्रयोग गर्न सक्छन् । त्यसका लागि सबैभन्दा पहिला मेसेन्जर अपडेट गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि आफूले कसलाई फोटो पठाउन चाहेको हो, सो व्यक्तिसँगको च्याट बक्स खोलेर पठाउन चाहेको फोटो छान्नुपर्ने हुन्छ । यति भएपछि माथि दायाँपट्टि ‘HD’ लेखिएको अप्सन देखिन्छ त्यसैमा ट्याप गर्नुहोस् । र, फोटो सेन्ड गर्नुहोस् । यसरी पठाउँदा तपाईंको फोटो एचडी गुणस्तरमा जान्छ । 

त्यस्तै मेसेन्जरमा शेयर्ड एल्बमको फिचर पनि थपिएको छ । मेटाका अनुसार प्रयोगकर्ताले शेयर गर्ने फोटो वा भिडिओको एल्बम बनाउन सक्छन् । त्यसलाई व्यवस्थापन गरेर राख्नुका साथै आवश्यक परेको समयमा सम्झनाको रूपमा उक्त एल्बम हेर्न पनि सकिन्छ । त्यसका लागि मेसेन्जरमा गएर आफूले चाहेको व्यक्तिको च्याट बक्स खोल्नुपर्ने हुन्छ । 

अनि एकै पटक धेरै फोटो छानेर त्यहाँ देखाइएको ‘क्रियट एल्मब’को अप्सन छान्नुहोस् । यस बाहेक फोटो छानेर पठाइसकेपछि उक्त फोटोको ग्रुपमा ट्याप गरेर पनि एल्बम बनाउन सकिन्छ । त्यस्तै पहिले नै पठाइसकेका फोटोलाई पनि नयाँ एल्बममा राख्न सकिने सुविधा मेसेन्जरमा आएको छ । 

तपाईंले एल्बमको नाम राख्न र सो नाम परिवर्तन गरेर अर्को नाम राख्ने अप्सन पनि मेटाले उपलब्ध गराएको छ । त्यस्ता एल्बमको फोटो एकएक गरेर वा एकै पटक डाउनलोड गर्न पनि सकिन्छ । त्यसैगरी आफूले चाहेको समयमा एल्बम फेला पार्न पनि यो फिचर उपयुक्त हुने मेटाको भनाइ छ । यो फिचर अबको केही सातामा सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० ११:४७