close

डिशहोमको सीईओमा तारा मानन्धर

टेकपाना टेकपाना

बैशाख ४, २०८१ १६:१७

डिशहोमको सीईओमा तारा मानन्धर

काठमाडौं । डिश मिडिया नेटवर्ककको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव सँगालेका मानन्धरले सोमवारदेखि डिश मिडियाको सीईओको कार्यभार सम्हालेका हुन् ।

मानन्धरले मशरेक बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतमा व्यवस्थापन तहमा काम गरेका थिए ।

विगत १३ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा क्रियाशील डिशहोमले तीन वर्षअघि मात्रै नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति लिएको थियो ।

हाल यो कम्पनी नेपालकै दोस्रो ठूलो इन्टरनेट सेवाप्रदायक बनेको छ । हाल कम्पनीले आफ्नो पूर्वाधार विस्तारका लागि प्राइभेट इक्विटिज फन्डबाट थप लगानी जुटाइसकेको र चाँडै नै आईपीओ निस्कासन गर्ने तयारी गरेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ १६:१७