close

सफ्टवेयर अपडेटका कारण फोनमा आएका समस्या समाधान गर्दै सामसङ

टेकपाना टेकपाना

बैशाख ७, २०८१ २२:१६

सफ्टवेयर अपडेटका कारण फोनमा आएका समस्या समाधान गर्दै सामसङ

काठमाडौं । सामसङले हालै ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड फाइभ लगायतका स्मार्टफोनमा नयाँ सफ्टवेयर अपडेट वन यूआई ६.१ उपलब्ध गराएको छ । उक्त अपडेट इन्स्टल गरिसकेपछि कमजोरी भेटिएको भन्दै प्रयोगकर्ताले गुनासो गरिरहेका छन् । विशेषगरी अपडेटपछि फोनको फिङ्गरप्रिन्ट सेन्सर नचलेको, ब्याट्री छिटो घट्ने गरेको भन्दै गुनासो आइरहेको छ ।  

सामाजिक सञ्जाल रेडिटमा प्रयोगकर्ताले फोनबाट सेक्युअर फोल्डर हटाउन नसकेको बताएका छन् । सामसङ फोनमा प्रयोगकर्ताको जानकारी, फोटो तथा भिडिओ र एप सुरक्षित राखिदिने एप सेक्युअर फोल्डर हुन्छ । त्यही अनइन्स्टल गर्न समस्या भइरहेको प्रयोगकर्ताको गुनासो छ । 

सामसङले यो समस्यालाई स्वीकार गरेको र ग्यालेक्सी स्टोर मार्फत यसको समाधानका लागि काम गरिरहेको एन्ड्रोइड पुलिसले जनाएको छ ।

​यस बीचमा, प्रयोगकर्ताहरूले सेक्युअर फोल्डर बन्द गर्न वा एपको पुरानो संस्करणमा डाउनग्रेड गर्नसक्ने छन् । अहिलेसम्म उक्त भर्सन लाइभ भइसकेको छैन । उपलब्ध भइसकेपछि प्रयोगकर्ताले ग्यालेक्सी स्टोरबाट इन्स्टल गर्न सक्नेछन् । 

त्यसबाहेक सामसङका पुरानो मोडेलमा अपडेटसँगै हरियो लाइन देखिने समस्या आएको प्रयोगकर्ताको गुनासो छ । यस विषयमा भने कम्पनीले कुनै आधिकारिक धारणा दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ २२:४१