close

मेटाका सीईओ मार्क जुकरबर्गको वार्षिक तलब १ डलर मात्रै !

टेकपाना टेकपाना

बैशाख १५, २०८१ १९:४२

मेटाका सीईओ मार्क जुकरबर्गको वार्षिक तलब १ डलर मात्रै !

 

काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप प्रमुख सामाजिक सञ्जालको माउ कम्पनी मेटाका ​मालिक मार्क जुकरबर्गको तलब कति होला ? सायद ‍यो विषय धेरैका लागि जिज्ञासा हुन सक्छ । 

हालै बाहिरिएको धितोपत्र तथा विनिमय आयोगको रिपोर्ट अनुसार मेटाबाट सबैभन्दा कम तलब बुझ्नेमा मार्क जुकरबर्ग रहेका छन् । उनले सन् २०२३ मा सीईओकाे रूपमा ‘बेसिक स्यालरी’ जम्मा एक डलर बुझेका हुन् । जुन कम्पनीमा औसत तलबभन्दा कयौं गुणा कम हो । मेटामा हाल पद अनुसार कर्मचारीहरूले एक लाख डलर बढी तलब लिने रहेको बताइन्छ । 

यद्यपि जुकरबर्गले अन्य शीर्षकमा कम्पनीबाट ठूलो रकम लिने गरेका छ्न् । सो वर्ष मात्रै कम्पनीले उनका लागि दुई करोड ४४ लाख डलर बढी खर्च गरेको बताइन्छ । यसका साथै सहसंस्थापक समेत रहेका जुकरबर्गको कम्पनीमा ठूलो मात्रामा शेयर रहेको छ । 

जुकरबर्गले कम्पनीबाट तलबस्वरुप एक डलर लिएको यो पहिलो पटक भने होइन । उनले सन् २०१३ देखि आफूले वर्षमा जम्मा १ डलर मात्र तलब बुझ्ने घोषणा गरेका हुन् । सो अनुसार उनले १० वर्षमा जम्मा ११ डलर मात्र तलब बुझेका छन् । तर अहिले मार्क जुकरबर्ग १७५ अर्ब डलरको सम्पत्तिका मालिक हुन् ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८१ १९:४९