close

देशभरका अशक्त र गरिब बिरामीको काठमाडौंमा निःशुल्क उपचारका लागि ११८० मा कल गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १६, २०८१ २२:१२

देशभरका अशक्त र गरिब बिरामीको काठमाडौंमा निःशुल्क उपचारका लागि ११८० मा कल गर्न सकिने

काठमाडौं । उपचारका लागि काठमाडौं महानगरपालिका आउने अशक्त र गरिब नागरिक बिरामीको निःशुल्क उपचारका लागि शर्टकोड नम्बर ११८० सञ्चालनमा आएको छ । मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार उक्त शर्टकोड सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन् । उक्त नम्बरमा फोन गर्दा समेत पैसा लाग्ने छैन ।

उनका अनुसार नेपालको जुनसुकै गाउँपालिका वा नगरपालिकाका अशक्त र गरिब नागरिक बिरामीहरूले काठमाडौंमा निःशुल्क उपचार सेवा प्राप्त गर्न आफ्नो स्थानीय तहबाट विपन्न, असहायको सिफारिस ल्याउनु पर्नेछ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ५२ अस्पतालका ३७४ ओटा बेड त्यस्ता बिरामीको निःशल्क उपचारका लागि छुट्याएको छ । मेयर बालेनले आफ्नो टोल छिमेक वा आफन्तहरू मध्ये यो वर्गमा पर्ने बिरामी भएमा खबर गर्न आग्रह समेत गरेका छन् ।

महानगरको निःशुल्क उपचार सेवाको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नु होला ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८१ २२:१२