close

मोबाइलमा अज्ञात नम्बरबाट मसेज आउँदा अब पठाउने व्यक्तिको नाम देखिने

टेकपाना टेकपाना

बैशाख २८, २०८१ १३:१६

मोबाइलमा अज्ञात नम्बरबाट मसेज आउँदा अब पठाउने व्यक्तिको नाम देखिने

 

काठमाडौं । अब तपाईंलाई सम्पर्क गर्ने अज्ञात व्यक्तिहरूको नाम गुगल मेसेजले नोटिफिकेसनमा देखाउने भएको छ । तपाईंले सेभ नगरेका नम्बरबाट मेसेज आए गुगल मेसेजले उक्त व्यक्तिबारे जानकारी दिने भएको हो । 

यो फिचर उपलब्ध भइसकेपछि एपको नोटिफिकेसनमै मेसेज पठाउने त्यस्ता व्यक्तिको नाम पनि देखिने छ । अहिले गुगलले एपको बेटा भर्सनमा यो फिचरको परीक्षण गरिरहेको छ । तर यस फिचरले काम गर्न मेसेज पठाउने व्यक्तिले प्रोफाइल डिस्कभरी भने अन गरेको हुनु पर्नेछ । 

प्रोफाइल डिस्कभरी अन गर्न तपाईंले वेबमार्फत आफ्नो गुगल अकाउन्टमा जानुपर्ने हुन्छ । अथवा मेसेज सेटिङभित्र रहेको फ्रोफाइल डिस्कभरीमा सिधै जान सक्नुहुन्छ । तर गुगलले अहिले याे फिचरमा काम गरिरहेकाले कतिपयमा यो विकल्प नदेखिन सक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ १३:१६