close

गुगल प्ले स्टोर र एप्पल एपस्टोरको विकल्पमा छुट्टै गेम स्टोर ल्याउँदै माइक्रोसफ्ट

टेकपाना टेकपाना

बैशाख २८, २०८१ १६:५५

गुगल प्ले स्टोर र एप्पल एपस्टोरको विकल्पमा छुट्टै गेम स्टोर ल्याउँदै माइक्रोसफ्ट

काठमाडौं । एप्पल र गुगललाई टक्कर दिन माइक्रोसफ्टले आफ्नै मोबाइल गेम स्टोर सार्वजनिक गर्ने भएको छ । माइक्रोसफ्टको स्वामित्व रहेको एक्सबक्सका अध्यक्ष सारा बोन्डले ब्लुमबर्ग टेक्नोलोजी समिटमा बोल्दै आउने जुलाई महिनामा कम्पनीले गेम केन्द्रित एप स्टोर ल्याउन लागेकाे पुष्टि गरेका हुन् ।

अध्यक्ष बाेन्डका अनुसार यस स्टोरमा माइक्रोसफ्टले पहिले आफ्नै गेमिङ एपहरू उपलब्ध गराउने छ । त्यसपछि अन्य डेभलपरका एपहरू उपलब्ध हुनेछन् ।

त्यस्तै यो स्टोर मोबाइल एपमा आधारित नभएर वेबमा आधारित हुने उनले बताएका छन् । त्यसो हुँदा सबै डिभाइमा चल्ने तथा सबै देशका प्रयाेगकर्ताले पहुँच पाउने उनको भनाइ छ ।

माइक्रोसफ्टले गेम स्टोर सार्वजनिक गरेको उपलक्ष्यमा केही एपको खरिदमा छुटसमेत दिने बताइएकाे छ ।

यद्यपि यस स्टोरबाट गेम डाउनलोड गर्न मिल्ने मात्रै वा स्ट्रिमिङ हुने भन्ने कुराको निश्चित भने भएको छैन । किनकि यसअघि नै माइक्राेसफ्टले एक्सबक्स क्लाउड गेमिङ सेवा सुरु गरिसकेको छ, जहाँबाट एक्सबक्स गेम पास सब्सक्राइबरले एक्सबक्स गेम पास सब्सक्राइबरले कम्प्युटर, मोबाइल डिभाइसमा गेमहरू स्ट्रिम गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ १७:४६