close

एनसेलको वायरलेस इन्टरनेटमा भारी छुट, अल्टिमा ग्याजेट र फोरजी राउटर निःशुल्क पाइने

टेकपाना टेकपाना

साउन २, २०८१ १९:२६

एनसेलको वायरलेस इन्टरनेटमा भारी छुट, अल्टिमा ग्याजेट र फोरजी राउटर निःशुल्क पाइने

काठमाडौं ।​ एनसेलले हाल सञ्चालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको इयरबड्स र स्मार्टवाच पाउन सक्ने कम्पनीले जनाएको छ ।​

वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो । यसमार्फत ग्राहकले अनलिमिटेड इन्टरनेट र वाई-फाई कनेक्टिभिटीको फाइदा लिन सक्छन् । विशेषगरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, ईसेवा, खल्ती, आईएमई पे लगायतका प्लेटफर्ममार्फत लिन सक्छन् ।

यसैगरी अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्ने कम्पनीले जनाएको छ ।

यो अफर अन्तर्गत ग्राहकले वायरफ्री सेवाका लागि अर्धवार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (रु. २,०९५) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (रु. ४,९८९) छुट पाउने कम्पनीले जनाएको छ ।

६ महिनाका लागि सेवा लिँदा ग्राहकले रु ३,४९९ पर्ने अल्टिमाको इयरबड्स निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा रु ५,९९९ मूल्य पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाउँछन् ।​ ​ सेवाका लागि अर्धवार्षिक सदस्यताको शुल्क करसहित रु. ३,८९९ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क रु. ६,९९९ रहेको छ ।

यी दुवै प्लान लिँदा ग्राहकले फोरजी राउटर पनि नि:शुल्क पाउने कम्पनीले जनाएको छ ।

यो योजनामा ग्राहकले दुई ओटा सिमकार्ड पाउँछन् । ग्राहकले मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा पाउँछन् भने डेटा भोल्युम सकिएमा ५१२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिनाभर चलाउन सक्नेछन् ।

अर्को दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जीबी डेटा पाउँछन् ।  ​ग्राहकले पाउने सेवाहरू हरेक ३० दिनको चक्रमा प्राप्त हुन्छन् । ३० दिनको समयावधि भित्र प्रयोग गरिनसकेको वा बाँकी सेवाहरू अर्को नयाँ ३० दिनमा थप हुने अर्थात् जोडिने छैन ।​

​सधैं अन योजना अन्तर्गत सुलभ दरमा पाइने यो वायरलेस इन्टरनेट सेवाले धेरैभन्दा धेरै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउने र ग्राहकलाई कनेक्टिभिटीले प्रदान गर्ने अवसरहरूसँग जोड्ने एनसेलको विश्वास छ ।

एनसेलले विगत चार वर्षदेखि वायरफ्री प्लस सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८१ १३:३७