काठमाडौं । आज राति ११ बजेदेखि चार घण्टासम्मका लागि नेपाल टेलिकमको सेवा प्रभावित हुने भएको छ ।
टेलिकमले बिहीबार एक सूचना राख्दै बिलिङ प्रणाली स्तरोन्नति गर्न लागिएको हुँदा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेरी सेवा प्रभावित हुनसक्ने जानकारी दिएको हो ।
उक्त अवधिमा मोबाइल भ्वाइस, डेटा, एसएमएस तथा पीएसटीएन, एफटीटीएच, भ्वाइस, डेटा र आईपीटीभी लगायतका सेवा भने सञ्चालन हुनेछन् ।