काठमाडौं । सम्भवतः नेपालमा धेरै पढाइ हुने सूचना प्रविधि कार्यक्रम हो, ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) । यो कार्यक्रम पढाउने शिक्षण संस्था देशैभर छन् । तिनै मध्येको एक हो, भीएस इन्टरनेसनल कलेज ।
काठमाडौंको मीनभवनमा अवस्थित यस कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक तथा स्नातकोत्तर तहमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्नातक तहमा बीसीएका साथै बीएसडब्लू, बीबीएस, बीबीएम रहेका छन् भने स्नातकोत्तर तहमा एमबीएस कार्यक्रम सञ्चालन भइरहेको छ ।
सभ्य कलेज प्रा.लि.को व्यवस्थापनबाट सञ्चालित भीएस इन्टरनेसनल कलेज वि.सं. २०६८ सालमा स्थापना भएको हो । कलेजमा नरेन्द्रबहादुर अधिकारी अध्यक्ष, राजकुमार आचार्य प्रिन्सिपल र देवीभक्त देवकोटाले एकेडेमिक डाइरेक्टरको भूमिकामा छन् ।
कलेजमा एउटा मात्र आईटी कार्यक्रमका रूपमा बीसीए रहे पनि गुणस्तरका सन्दर्भमा सम्पूर्ण मेहनत गरेको कलेजका एकेडेमिक डाइरेक्टर देवकोटा बताउँछन् । यसका लागि आफूहरूले विश्वविद्यालयले तोकेको पाठ्यक्रमबाहेक थप व्यवहारिक तथा प्रयोगात्मक विषयका कक्षा पनि सञ्चालन गरिरहेकाे उनको भनाइ छ ।
आईटी काेर्स- बीसीए
यो १२६ क्रेडिट आवरको चार वर्षे शैक्षिक कार्यक्रम हो । त्रिभुवन विश्वविद्यालयले यस कार्यक्रमलाई मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत राखेको छ । ११ र १२ कक्षामा विज्ञान, व्यवस्थापन संकाय नपढेका विद्यार्थीले पनि यो कोर्समा भर्ना हुन सक्छन् ।
बीसीएको अध्ययनपछि विद्यार्थीले कम्प्युटर ल्याङ्ग्वेज, कम्प्युटर सिस्टम, एप्लिकेसन तथा सफ्टवेयरकाे क्षेत्रमा काम गर्न सक्छन् ।
त्यस्तै स्नातक तह उत्तीर्णपछि एमसीए अर्थात् मास्टर्स इन कम्प्युटर एप्लिकेसन (एमसीए), एमएससी आईटीलगायतका कोर्स अध्ययन गर्ने बाटो खुल्नेछ । यो आईटी काेर्स गरेपछि कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम म्यानेजर, कम्प्युटर सिस्टम स्पेसलिस्ट, आईटी अफिसर, नेटवर्क एन्ड कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर लगायत आईटी उद्योगका विभिन्न भूमिकामा रहेर काम गर्न योग्य भइने देवकोटा बताउँछन् ।
"यतिमात्रै होइन ग्य्राजुएट्सले इथिकल ह्याकर, वेब डेभलपर, ग्राफिक डिजाइनर, सोसल मिडिया ह्यान्डलर, वेबसाइट डेभलपर, एप्लिकेसन डेभलपर, रिसर्चरलगायतका रुपमा सरकारी, गैरसरकारी तथा आईटी कम्पनीहरुमा काम गर्न सक्छन्," उनी भन्छन् ।
बीसीए पढ्ने विद्यार्थीलाई अब्बल बनाउन कलेजले आईटी तालिम प्रदायक संस्था ब्रोडवे इन्फोसिससँग सहकार्य गरेको छ । “कलेजले पढाउने समयभित्रमै तालिम दिने गरी हामीले ब्रोडवे इन्फोसिससँग सहकार्य गरेका छौं,” देवकोटा भन्छन्, “जसमा पाइथन, जाङ्गो, वर्डप्रेस, सीसीएनए, मर्न स्ट्याक, डिजिटल मार्केटिङ् जस्ता १२ ओटा आईटी कोर्स रहेका छन् । यी विषय पाठ्यक्रम बाहिर भएपनि विद्यार्थीले अनिवार्य रूपमा पढ्नुपर्छ,”
त्यसरी मुख्य पाठ्यक्रम बाहिरको आईटी कोर्स पढ्ने विद्यार्थीलाई कलेजले तालिमसँगै प्रमाणपत्र पनि दिने गरेको छ । त्यस्तै कोर्स अध्ययनपछि विद्यार्थीको जागिर सुनिश्चित गर्न एक दर्जन बढी आईटी कम्पनीहरूसँग सहकार्य गरेको एकेडेमिक डाइरेक्टर जानकारी दिए । त्यसमाथि कलेजमा पढाउने धेरैजसो शिक्षक/शिक्षिका प्राय: उद्योगमा काम गरिरहेकाले त्यसबाट पनि विद्यार्थीलाई सहयोग पुग्ने उनको भनाइ छ ।
कलेजमा भर्ना हुन त्रिभुवन विश्वविद्यालयले लिने बीसीएको प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । यस शैक्षिक सत्रका लागि त्रिविले भर्ना प्रक्रिया सुरु गरिसकेको छ ।
ननआईटी कोर्स
बीसीएबाहेक कलेजले स्नातक तहमा नै बीएसडब्लू, बीबीए, बीबीएम र स्नातकोत्तर तहमा एमबीएस अध्यापन गराइरहेको छ ।