close

घरेलु-साना उद्योगको मसिन विकास गर्न चाहनेलाई आविष्कार केन्द्रले सम्पूर्ण अनुसन्धान खर्च दिने

टेकपाना टेकपाना

मंसिर ५, २०८१ २०:६

घरेलु-साना उद्योगको मसिन विकास गर्न चाहनेलाई आविष्कार केन्द्रले सम्पूर्ण अनुसन्धान खर्च दिने

 

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले घरेलु तथा साना उद्योगको मसिन विकास गर्न चाहनेलाई अनुसन्धान खर्च दिने भएको छ । मसिन बनाउन लाग्ने सम्पूर्ण खर्च दिनेगरी केन्द्रले सहयोग गर्ने भएको हो ।

विशेषतः साना तथा घरेलु उद्योगहरूलाई चाहिने र नभइ नहुने जुनसुकै पनि साना औजार तथा मसिनहरू बनाउने सीप भएकाले यसमा सहभागी हुनसक्ने बताइएको छ ।

“अनुसन्धानमा जति चाहिन्छ, हामी त्यति नै खर्च दिन्छौं,” टेकपानासँग पुनले भने, “यहाँ यति हुन्छ, उति हुन्छ भन्ने छैन । उत्पादन राम्रो बनाउन आवश्यक पर्ने सबै खर्च दिन्छौं ।”

केन्द्रबाट यो सहयोग पाउन सबैभन्दा सुरुमा के बनाउने भन्नेबारे जानकारी दिनुपर्छ । यसबारे थप बुझ्न पुनलाई ९८४१५९२३६१ मा सम्पर्क गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८१ २०:६