close

एनसेल बन्यो आईएसओ २७००१ र २७७०१ को मान्यता पाउने नेपालको पहिलो दूरसञ्चार सेवाप्रदायक

टेकपाना टेकपाना

पुस २५, २०८१ १२:५५

एनसेल बन्यो आईएसओ २७००१ र २७७०१ को मान्यता पाउने नेपालको पहिलो दूरसञ्चार सेवाप्रदायक

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ ।

हालै कम्पनीले  प्रतिष्ठित आईएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस)को मान्यता पाएको हो । यो मान्यताले डेटा सुरक्षा र गोपनीयतामा आफ्नो नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको भन्दै कम्पनीले खुसी व्यक्त गरेको छ ।

“यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुङ्गा हो,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “यसले एनसेल निरन्तर सुधार र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधै समर्पित रहेको स्पष्ट पार्दछ ।”  

यी मान्यताहरु ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सेवामा गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरुमा एनसेलले उच्चतम मापदण्डहरू पुरा गरेको प्रमाण रहेको उनले उल्लेख गरे । ​उनका अनुसार ​एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरु न्यूनीकरण गर्ने, जोखिमहरू कम गर्ने र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएको छ र सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइएको छ । 

पछिल्लो अध्यावधिक: पुस २५, २०८१ १४:१७