काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले १२ मा १२ बोनस अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले ७५ एमबीपीएस इन्टरनेट र टिभी जडानमा २४ महिनासम्म अर्थात् थप एक वर्षसम्म इन्टरनेट र टिभी सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार इन्टरनेट टिभी जडानमा ग्राहकको तीव्र मागलाई मध्यनजर गर्दै यस्तो अफर ल्याइएको हो । यस अन्तर्गत ७५ एमबीपीएसमा इन्टरनेट प्लस आईपी टिभी प्रति महिना रु. ४३५ मा र प्रति महिना मात्र रु. २५० मा टिभी च्यानलको शुल्क पर्न आउने कम्पनीले जनाएको छ । साथै, राउटर र सेटटप बक्स निःशुल्क प्राप्त हुनेछ ।
कम्पनीका अनुसार उक्त अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ । थप जानकारीको लागि सम्पर्क नम्बर ९८०१००६६३३ मा कल गर्न वा कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गर्न कम्पनीले आग्रह गरेको छ ।