काठमाडौं । गायिका रचना रिमालले आफ्नो नाममा आधारित लोगो सार्वजनिक गरेकी छिन् । उनले छैठौँ अर्घाखाँची महोत्सवको मञ्चबाट लोगो सार्वजनिक गरेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएकी हुन् ।
रिमालले सार्वजनिक गरेको लोगोमा आफ्नो नामको पहिलो अंग्रेजी अक्षर ‘R’ समावेश गरिएको छ । साथै, बीचमा सङ्गीत र सगरमाथा झल्काउने सङ्केत राखिएका छन् ।
उनले सेतो र कालो रङ मिश्रित दुई प्रकारका लोगो सार्वजनिक गरेकी छिन्, जसको डिजाइन एलेक्स सुरजले गरेका हुन् ।
कलाकारहरूले आफ्ना फ्यानहरूमाझ विशिष्ट पहिचान बनाउन तथा आफ्ना ब्रान्डेड उत्पादनहरूको प्रवर्द्धनका लागि लोगो प्रयोग गर्ने अन्तर्राष्ट्रिय चलन छ ।
माइकल ज्याक्सन, टेलर स्विफ्ट, एड शिरनजस्ता चर्चित कलाकारले पनि आफ्नै विशिष्ट लोगो प्रयोग गरेका उदाहरण छन् ।