close

सुर्खेत र डोल्पाका दुर्गम भेगमा पुग्यो नेपाल टेलिकमको मोबाइल सेवा

टेकपाना टेकपाना

माघ २३, २०८१ १६:१५

सुर्खेत र डोल्पाका दुर्गम भेगमा पुग्यो नेपाल टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवको अवसर पारी कर्णाली प्रदेशका सुर्खेत र डोल्पाका विभिन्न दुर्गम क्षेत्रमा फोरजी तथा टुजी सेवा सञ्चालनमा ल्याएको छ ।

सुर्खेतको चिङ्गाड गाउँपालिका-१, खालीखर्कमा फोरजी तथा टुजी सेवा सञ्चालनमा आएको हो । यससँगै चिङ्गाड गाउँपालिकाका रजेना, खालीखर्क, तुसारे, गगनधुरी, पाखापानी लगायतका अधिकांश क्षेत्रका बासिन्दाले पहिलो पटक फोरजी तथा टुजी सेवाको पहुँच पाएको कम्पनीले जनाएको छ । 

त्यसैगरी, डोल्पा जिल्लाको ठूली भेरी नगरपालिका-६ माझफालमा पनि टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालन भएसँगै ठूली भेरी नगरपालिकाका वडा नं. ६ का दूरगाउँ, थरगाउँ, काँडाताली, वडा नं. ५ का माझफाल, लाहारा, हुँ, वडा नं. १० का परिला, शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय परिसर, कागेनी तथा वडा नं. ११ को रहलगायतका अधिकांश क्षेत्रमा पहिलो पटक फोरजी सेवाको सुविधा पुगेको छ ।

दुर्गम क्षेत्रका बासिन्दालाई दूरसञ्चार सेवाको पहुँचमा ल्याउने लक्ष्यसहित ग्रामीण भेगमा आफ्नो नेटवर्क विस्तारलाई निरन्तरता दिँदै आएको कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २३, २०८१ १६:१५