काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा स्मार्ट एलईडी बोर्ड उपलब्ध गराउने भएको छ । बिहीबार बसेको नगर शिक्षा समितिको बैठकले महानगर मातहतका सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि एलईडी बोर्ड वितरण गर्ने निर्णय गरेको हो ।
नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा समितिको बैठक बसेको थियो ।
शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका बोर्ड सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेसिफिकेसन सम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयहरूमा वितरण गर्ने महानगरले जनाएको छ ।