काठमाडौं । नियोस्टोरले ‘गेमिङ एड्भेन्चर २०२५’ अफर सुरु गरेको छ । गेमिङ प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले आकर्षक कम्बो अफर ल्याएको हो ।
यसअन्तर्गत विभिन्न एक्सेसरिजमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । यससँगै ग्राहकले ३,६०० रुपैयाँ पर्ने ‘इम्पेरियन टेलिपोर्ट डब्लू फाइभ’ २,७०० रुपैयाँमा खरिद गर्न सक्नेछन् । यस कम्बो अफरमा वायरलेस गेमिङ माउस र गेमिङ किबोर्ड पाउन सकिन्छ ।
त्यसैगरी ६,५९८ रुपैयाँ पर्ने फ्यानटेक पोर्टल ७.१ लाई १२ प्रतिशत छुटका साथ ५,८०० रुपैयाँमा खरिद गर्न सकिनेछ । यस कम्बो प्याकमा फ्यानटेकको ७.१ एचजी २८ हेडसेट र जीपीएल १५ एल गेमिङ कन्ट्रोलर पाउन सकिन्छ ।
त्यस्तै कम्बो अफरमा ‘फ्यानटेक कटाना एस भीएक्स नाइन पनिरहेको छ । २,८४९ रुपैयाँ पर्ने यस कम्बो सेटअपलाई २१ प्रतिशत छुटसहित २,२५० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसमा के५१५ गेमिङ किबोर्ड र भीएक्स नाइन एस माउस पाउन सकिन्छ ।
गेमिङ एड्भेन्चर २०२५ अफर अन्तर्गत नियोस्टोरले विभिन्न प्रिमियम गेमिङ ल्यापटपमा आकर्षक अफर ल्याएको छ । यसअन्तर्गत नियोस्टोरबाट प्रिमियम गेमिङ ल्यापटपहरू पाँच प्रतिशत छुटका साथ खरिद गर्न सकिन्छ । यससँगै अब सीमित समयका लागि नियोस्टोरबाट एक लाख १३ हजार रुपैयाँ पर्ने लेनोभो एलओक्यू १५ एआरपी नाइन राइजेन फाइभ ल्यापटप एक लाख सात हजार ३५० रुपैयाँमै खरिद गर्न सकिन्छ ।
त्यस्तै, एक लाख पाँच हजार ६०० पर्ने लेनोभो एलओक्यू १५ आईएएक्स नाइन ई आई फाइभ गेमिङ ल्यापटप एक लाख ३२० रुपैयाँमा खरिद गर्न सकिन्छ । साथै, कम्पनीले एसर निट्रो भी१५ आईसेभेन ल्यापटप पाँच प्रतिशत छुटका साथ एक लाख ४५ हजार ९०० रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
कम्पनीका अनुसार यी ल्यापटप खरिदका लागि शून्य प्रतिशत किस्ताबन्दीमै उपलब्ध छन् । ल्यापटप खरिद गर्दा दुई वर्षको वारेन्टी र एक वर्षको इन्स्योरेन्स सुविधा रहेको छ । त्यसैगरी, पुरानो ल्यापटपसँग साटेर उचित भ्यालुएसनका साथ नयाँ ल्यापटप खरिद गर्न सकिने अफर यथावत् छ । गेमिङ एड्भेन्चर २०२५ अन्तर्गत अफरमा रहेका अन्य विभिन्न गेमिङ एक्सेसरिजबारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।