close

नेपाल विद्युत प्राधिकरणको ईभी चार्जिङ एप प्ले स्टोरबाट गायब

टेकपाना टेकपाना

फागुन ५, २०८१ १४:५१

नेपाल विद्युत प्राधिकरणको ईभी चार्जिङ एप प्ले स्टोरबाट गायब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ईभी चार्जिङ एप गुगल प्ले स्टोरबाट गायब भएको छ । सोमबार प्राधिकरणको ईभीसँग सम्बन्धित एप गायब भएको हो । 

प्राधिकरणका सिस्टम अपरेसनका निर्देशक एवं सूचना अधिकारी चन्दनकुमार घोसले एप प्लेस्टोरबाट हटेको पुष्टि गरे । “एपमा प्लेस्टोरको केही समस्या भएर केही समयका लागि हटेको हो,” उनले भने, “हामी फिर्ता ल्याउने प्रयास गरिरहेका छौं ।” 

उनका अनुसार पहिलो इन्स्टल गरेका प्रयोगकर्ताको हकमा कुनै पनि समस्या आएको छैन । नयाँ इन्स्टल गर्न चाहने प्रयोगकर्ताका लागि एप फेला पार्न समस्या परेको छ । 

प्राधिकरणको चार्जिङ एपबाट विभिन्न चार्जिङ स्टेसनको लोकेसन थाहा पाउन सकिन्छ । यसबाट चार्जिङ स्टेसन बुक गर्ने सुविधा पनि रहेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ५, २०८१ १४:५१