काठमाडौं । गर्मी मौसम नजिकिँदै गर्दा टीसीएल नेपालले निःशुल्क एसी सर्भिस, एक्सचेन्ज र आकर्षक छुटसहित नयाँ अभियान सुरु गरेको छ । गत २० फागुनदेखि सुरु भएको यो अभियान सीमित अवधिका लागि मात्रै सञ्चालन हुने कम्पनीले जनाएको छ ।
अभियान अवधिभर कुनै पनि ब्रान्डको एसीको निःशुल्क जाँच र सर्भिसिङ उपलब्ध हुनेछ । त्यस्तै पुरानो एसी साट्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन प्रदान गर्नुका साथै टीसीएलका नयाँ एसी खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त हुने कम्पनीले जनाएको छ ।
यसका साथै नयाँ एसीमा चार हजार रुपैयाँ बराबरको निःशुल्क जडान र तीन हजार रुपैयाँसम्मको दुई ओटा सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि) उपलब्ध हुनेछ ।
यसका लागी कम्पनीको टोल फ्री नं. १६६-००-१००-२११, १६६-००-१०२-२११ वा ०१-५९७०२११ मा सम्पर्क गर्न अथवा आधिकारिक वेबसाइट मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन् । रजिस्ट्रेसनपछि टीसीएलका प्राविधिकले ग्राहकको घरमै पुगी सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।