काठमाडौं । नेपाली बजारमा सामसङको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) युक्त रेफ्रिजेरेटर सार्वजनिक भएको छ । गर्मी मौसमलाई ध्यानमा राख्दै कम्पनीले नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर उपलब्ध गराएको हो ।
तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू (पेय पदार्थ) चिसो राख्न मद्दत गर्ने योजनाका साथ बिस्पोक एआई रेफ्रिजेरेटर नेपाली उपभोक्ताका लागि भित्र्याएको कम्पनीले जनाएको छ ।
फ्ल्याट डोर डिजाइनमा आएको रेफ्रिजेरेटरमा एआई इनर्जी मोड, स्मार्टथिङ्स कनेक्सन, कन्भर्टएबल फाइभ–इन–वन मोड र ट्वीन कुलिङ प्लस जस्ता फिचर छन् । एआई इनर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपत कम गर्ने कम्पनीको दाबी छ । यसले प्रयोगकर्ताको युजेज प्याटर्न अनुसार समायोजन गर्दै १० प्रतिशतसम्म ऊर्जाको बचत गरी खर्च घटाउने बताइएको छ ।
कन्भर्टएबल फाइभ–इन–वन मोडलमा नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भ्याकेसन र होम अलोन् गरी आवश्यकता अनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू रहेका छन् ।
ट्वीन कुलिङ प्लस प्रविधिले रेफ्रिजेरेटर र फ्रिजरका लागि अलग-अलग कुलिङ सिस्टम प्रयोग गर्छ । जसले गर्दा गर्मीको समयमा पनि फ्रिजमा स्टोर गरिएको फलफूल र तरकारीहरू लामो समयसम्म ताजा रहने कम्पनीले जनाएको छ ।
स्मार्टथिङ्स एपमार्फत रेफ्रिजेरेटरलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । ऊर्जा खपत ट्रयाक गर्ने, तापक्रम मिलाउने वा रियल-टाइम नोटिफिकेसन प्राप्त लगायतका सबै कार्य स्मार्टफोनबाट सहजै गर्न सकिने उल्लेख छ ।
विभिन्न प्रविधियुक्त यो रेफ्रिजेरेटर ३९६ लिटर र ४१९ लिटर क्षमताका साथ नेपाली बजारमा भित्रिएको छ । जसको बजार मूल्य एक लाख १२ हजार ९९० बाट सुरु छ भने सीमित अवधिका लागि विशेष छुट अफर प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।