काठमाडौं । नेपाली बजारमा साओमी १५ अल्ट्रा सार्वजनिक भएको छ । गएको शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजित ‘साओमी प्रिजेन्ट्स सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा यो फ्ल्यागशिप मोडेल सार्वजनिक गरिएको हो ।
साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, “‘हामी साओमी १५ अल्ट्रा नेपालमा प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । यो फ्ल्यागशिप स्मार्टफोनले फोटोग्राफीको परिभाषा बदल्नेछ र प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ । साओमी हाइपरओएस र लाइका अप्टिक्सको संयोजनले साओमी १५ अल्ट्राले मोबाइल इमेजिङ र प्रदर्शनको नयाँ मापदण्ड स्थापना गर्नेछ ।”
यो फोन लाइका सुमिलक्स अप्टिकल लेन्ससहित डिजाइन गरिएको छ । १–इन्चको लाइका मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश भएकाले फोनले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
एटके (8K) भिडिओ रेकर्डिङ, लाइका फोटोग्राफिक स्टाइलहरू, साओमी प्रोफोकस जस्ता फिचरले फोनलाई प्रोफेसनल–ग्रेड फोटोग्राफी तथा भिडिओ मेकिङका लागि उपयुक्त बनाउने साओमीको विश्वास छ ।
फोनमा स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रोसेसर टेक्नोलोजी राखिएको छ । यसमा साओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ ।
१२० हर्जको रिफ्रेस रेटसहित ६.७३ इन्चको डिस्प्ले रहेको फोनमा ६ एम ४२ अल्मुनियम फ्रेम, कर्निङ गोरिल्ला ग्लास सेभेन आई क्यामेरा डेको तथा टिकाउ ब्याक प्यानल रहेको छ ।
फोन खस्दा वा घिस्रँदा सुरक्षाको सुनिश्चितता हुने कम्पनीको दाबी छ । यसमा हाइपरएआई टेक्नोलोजी उपलब्ध छ, जसले एआई राइटिङ, एआई स्पीच रिकग्निसन, एआई इन्टरप्रेटर तथा एआई क्रिएटिभिटी असिस्टेन्ट लगायतका सुविधा प्रदान गर्छ ।
यसका साथै, गुगल सर्कल टु सर्च र गुगल जेमिनाई एआई इन्टिग्रेसन गरिएको छ । अल्ट्रासोनिक इन–स्क्रिन फिङ्गरप्रिन्ट तथा एआई फेस अनलक जस्ता सुविधाले डिभाइसलाई थप सुरक्षित बनाउने कम्पनीले जनाएको छ ।
साओमी १५ अल्ट्रामा ५४१० एमएएच क्षमताको साओमी सर्ज ब्याट्री रहेको छ । यसलाई ९० वाट हाइपरचार्ज तथा ८० वाट वायरलेस हाइपरचार्ज प्रविधिले चार्ज गर्न सकिन्छ ।
साओमीले यो फोनका लागि चैत २ गतेसम्म प्रि–बुकिङ खुला गरेको छ । यस अवधिमा प्रि–बुकिङ गर्ने ग्राहकले ९ हजार ९९९ मूल्य बराबरको साओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क प्राप्त गर्नेछन् ।
फोन नेपाली बजारमा १६ जीबी+५१२ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । सुरुवाती अफरको रूपमा एक लाख ४९ हजार ९९९ रुपैयाँ (वास्तविक मूल्य एक लाख ६९ हजार ९९९ रुपैयाँ) मा फोन किन्न सकिने छ । ग्राहकले यो स्मार्टफोन नेपालभरका सबै आधिकारिक एमआई स्टोर तथा साओमीका आधिकारिक रिटेल आउटलेटहरूमा खरिद गर्न सक्नेछन् ।