close

नियोटेरिक नेपालको ब्रान्ड एम्बेस्डरमा दोहोरिए पारस खड्का

टेकपाना टेकपाना

फागुन २९, २०८१ १२:३८

नियोटेरिक नेपालको ब्रान्ड एम्बेस्डरमा दोहोरिए पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का दोस्रो पटक नियोटेरिक नेपालको ब्रान्ड एम्बेस्डर बनेका छन् । नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबिच हालै यसबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

“नेपाली क्रिकेट टिमका पूर्वकप्तान लिजेन्ड्री पारस खड्कासँग ब्रान्ड एम्बेस्डरको रूपमा सहकार्य गर्न पाएकोमा नियोटेरिक गौरव महसुस गरिरहेको छ,” कम्पनीले भनेको छ, “यो सहकार्यमार्फत सफलताको मार्गमा एकसाथ अघि बढ्नेछौँ ।”

खड्का गत वर्ष नियोटेरिकको ब्रान्ड  एम्बेस्डरमा नियुक्त भएका थिए । एक वर्षको अवधिमा राम्रो प्रतिक्रिया पाएपछि कम्पनीले खड्कालाई दोहोर्‍याएको हो । खड्काले नियो स्टोरबाट बिक्री हुँदै आएका विभिन्न ब्रान्डका ल्यापटप तथा अन्य एक्सेसेरिजको प्रवर्द्धन गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०८१ २३:१८