काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि प्रविधि प्रयोग गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
“जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपयुक्त प्रविधि प्रयोग गरिनेछ,” राष्ट्रपति पौडेलले भने । त्यस्तै उनले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिने योजना प्रस्तुत गरेका हुन् ।