काठमाडौँ । नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत अब केही सेकेन्डमै हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने भएको छ । यस सेवाका लागि हालै बैंक र हाम्रो पात्रोबिच सहकार्य भएको हो ।
ग्राहकहरूले हाम्रो पेमा उपलब्ध क्यासब्याक अफर र अन्य डिजिटल सेवा पनि सहज रूपमा प्रयोग गर्न सक्ने हाम्रो पात्रोले जनाएको छ । डिजिटल भुक्तानी प्रणालीलाई छिटो, सुरक्षित र सबैका लागि सरल बनाउने योजनासहित नबिल बैंकसँग सहकार्य गरिएको हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए ।
उनका अनुसार चाँडै नै थप सुविधा पनि उपलब्ध हुनेछन् । यसअन्तर्गत केही समयमै बैंक खातालाई हाम्रो पेमा सिधै लिंक गरी रकम ट्रान्सफर गर्न सकिनेछ । साथै, हाम्रो पे एप प्रयोग गरी नबिल बैंकका एटीएमबाट कार्डबिना नै नगद झिक्न सकिने सुविधा पनि उपलब्ध गराइने उनले जानकारी दिए ।