close

सिग्नलको विन्डोज संस्करणमा पनि अब च्याटको स्क्रिनशट लिन नमिल्ने

टेकपाना टेकपाना

जेठ ९, २०८२ ८:७

सिग्नलको विन्डोज संस्करणमा पनि अब च्याटको स्क्रिनशट लिन नमिल्ने

काठमाडौँ । मेसेजिङ एप सिग्नलको विन्डोज एपमा पनि अब च्याटको स्क्रिनशट लिन नमिल्ने भएको छ । यसअघि एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको यो स्क्रिन सेक्युरिटी फिचर अब विन्डोज संस्करणमा पनि उपलब्ध भएको हो ।

च्याट गोप्य राख्ने उद्देश्यले सिग्नलले स्क्रिनशट रोक्ने फिचर ल्याएको हो । कम्पनीका अनुसार यो फिचर विन्डोज ११ मा डिफल्ट रूपमा इनेबल हुनेछ । यसको अर्थ, विन्डोज ११ प्रयोगकर्ताले कुनै सेटिङ परिवर्तन नगरेकै अवस्थामा यो फिचर लागु हुनेछ ।

योसँगै तपाईंले सिग्नलको विन्डोज एपमार्फत च्याटको स्क्रिनशट लिन खोज्नुभयो भने खाली (blank) स्क्रिन मात्र देखिनेछ ।

कम्पनीले स्क्रिन रिडर प्रयोग गर्ने प्रयोगकर्ताका लागि भने यो फिचरले असर गर्नसक्ने चेतावनी दिएको छ । यदि स्क्रिन रिडरले काम नगर्ने समस्या देखिएमा प्रयोगकर्ताले सिग्नलको सेटिङमा गई ‘प्राइभेसी’ अन्तर्गत रहेको स्क्रिन सेक्युरिटी अप्सनलाई बन्द गर्नु पर्नेछ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ ८:१५