काठमाडौँ । अनलाइन ट्राभल प्लेटफर्म सस्तो टिकेट्स र प्रिमियम लगेज ब्रान्ड स्विस मिलिट्रीबीच सहकार्य भएको छ । यस सहकार्यअनुसार सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने यात्रुले स्विस मिलिट्रीका लगेज तथा ब्याकप्याक कलेक्सनमा ४० प्रतिशतसम्म छुट पाउने छन् ।
सस्तो टिकेट्समार्फत टिकट बुक गरेपछि यात्रुलाई छुट प्राप्त गर्न आवश्यक विशेष लिंक तथा क्यूआर कोड ईमेलमार्फत पठाइने कम्पनीले जनाएको छ । उक्त लिंक वा कोड प्रयोग गरी यात्रुले स्विस मिलिट्रीको प्रिमियम उत्पादनमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
स्विस मिलिट्री नेपालका प्रतिनिधि वासु सर्राफ भन्छन्, “नेपालको अग्रणी अनलाइन ट्राभल एजेन्सी सस्तो टिकेट्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं । हाम्रो उद्देश्य यात्रुहरूको समग्र यात्रा अनुभवलाई उचाइमा पुर्याउनु र स्विस मिलिट्रीको उत्पादन किफायती मूल्यमा उपलब्ध गराउनु हो ।”
सस्तो टिकेट्सका मार्केटिङ प्रमुख विशाल दाहालले पनि सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, “हाम्रो उद्देश्य सधैँ नेपाली यात्रुहरूलाई सस्तो, सहज र भरपर्दो यात्रा सेवा प्रदान गर्नु हो । पछिल्लो आठ वर्षमा हामीले ग्राहकहरूको विश्वास जित्दै उत्कृष्ट ब्रान्ड निर्माण गरेका छौं । स्विस मिलिट्रीसँगको यो सहकार्यमार्फत हामीले हाम्रा ग्राहकलाई यात्रा सुरु हुनु अगावै उत्कृष्ट अनुभव दिन खोजेका हौं ।”