नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै लिपमोटर बी१०, कति होला मूल्य ?
साउन १४, २०८२ १९:१
काठमाडौँ । नेपालका लागि लिपमोटरको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रा. लि. ले लिपमोटरको बी१० मोडेलको लुक्स सार्वजनिक गरेको छ । आज काठमाडौँमा एक कार्यक्रमकाबिच उत्तरढोकास्थित आफ्नै शोरूममा लिपमोटर बी१० को 'स्निक प्रिभ्यू' कार्यक्रम आयोजना गरेको हो ।
नेपालमा पहिलो पटक भित्रिन लागेको लिपमोटर बी१० ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ । ६७.१ किलोवाट ब्याट्री सहि तको यो मोडेलले एकपटक चार्ज गर्दा ४६० किमी (WLTP) सम्मको रेज्न दिने कम्पनीले जनाएको छ । यो गाडीको ग्राउन्ड क्लियरियन्स १८० एमएम छ भने बुट स्पेस सिट फोल्ड गर्दा ४२० लिटर र सिट अनफोल्ड गर्दा १३०० लिटर रहेको छ ।
नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुने तयारीमा रहेको यो गाडीको मूल्य ६० लाखभन्दा कम हुने अनुमान छ । यो एक्स्पो नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा श्रावण २१-२५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ ।
पछिल्लो अध्यावधिक: साउन १४, २०८२ १९:२
