काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसर पारेर डिजिटल कम्युनिकेसन सोलुसन प्रदायक कम्पनी आकाशटेलले 'कल म्यानेजमेन्ट सब्सक्रिप्सन' मा बोनस र थप सुविधासहितको अफर सार्वजनिक गरेको छ । कम्पनीले व्यवसाय तथा संस्थाहरूलाई एकीकृत सञ्चार समाधान अपनाउन प्रोत्साहित गर्न यो अफर ल्याएको हो ।
अफर अन्तर्गत ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार दुई प्रकारका सब्सक्रिप्सन प्लानहरू छनोट गर्न सक्नेछन् । कम्पनीका अनुसार एक वर्षको सब्सक्रिप्सन लिने ग्राहकहरूले २,००० एसएमएस क्रेडिटका साथै तीन महिनाका लागि निःशुल्क 'ह्वाट्सएप बिजनेस प्लेटफर्म' प्राप्त गर्नेछन् । त्यसैगरी ६ महिनाको सब्सक्रिप्सन लिने ग्राहकहरूलाई १,००० एसएमएस क्रेडिट र एक महिनाको निःशुल्क 'ह्वाट्सएप बिजनेस प्लेटफर्म' सुविधा उपलब्ध गराइनेछ ।
सीमित अवधिका लागि मात्र लागु हुने बताइएको यो अफरमा सर्तहरू पनि लागु हुने कम्पनीले जनाएको छ । आजको डिजिटल युगमा ग्राहकहरूसँग छिटो, व्यवस्थित र निरन्तर सम्पर्कमा रहनु कुनै पनि व्यवसायको लागि अत्यावश्यक भइसकेको छ ।
फोन, एसएमएस र ह्वाट्सएप जस्ता सञ्चारका विभिन्न माध्यमहरूलाई छुट्टाछुट्टै व्यवस्थापन गर्नु झन्झटिलो र खर्चिलो हुने भएकाले आकाशटेलको यो सब्सक्रिप्सन सोलुसनले एकै प्लेटफर्मबाट सम्पूर्ण कम्युनिकेसन व्यवस्थापन गर्ने सहज सुविधा प्रदान गरेको छ । आकाशटेलले आईभीआर प्रणाली, भ्वाइस ब्रोडकास्टिङ, टीटीएससहितको डाइनामिक भ्वाइस ब्रोडकास्टिङ, कल रिपोर्टिङ तथा एनालिटिक्स र एआई सहितको ह्वाट्सएप बिजनेस प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।
कल रिपोर्टिङ एनालिटिक्स प्रणालीले कति कल आए, कति उठाइए, कति छुटे र ग्राहकको व्यवहार कस्तो छ भन्ने जानकारी प्रदान गर्छ । जसले संस्थालाई डेटा–ड्रिभन निर्णय लिन मद्दत गर्छ । त्यस्तै ह्वाट्सएप बिजनेस प्लेटफर्मले ग्राहकसँग २४/७ अटोमेटेड तथा प्रोफेसनल संवाद सुनिश्चित गर्छ भने बल्क एसएमएस (Normal तथा Dynamic दुवै) सुविधामार्फत प्रमोसनल, ट्रान्जेक्सनल तथा सूचनामूलक सन्देशहरू ठुलो सङ्ख्यामा तत्काल पठाउन सकिन्छ ।
कम्पनीका उपाध्यक्ष राजन कोइरालाका अनुसार यो अफर केवल छुटमा सीमित नभई व्यवसायहरूलाई स्मार्ट, अटोमेटेड र सेन्ट्रलाइज्ड कम्युनिकेसन सिस्टम अपनाउन प्रेरित गर्ने उद्देश्यले ल्याइएको हो । “हामीले व्यवसायहरूलाई एउटै प्लेटफर्मबाट कल, मेसेज र ह्वाट्सएप व्यवस्थापन गर्न सक्ने बनाएका छौँ । जसले उनीहरूको कार्यक्षमता बढाउँछ र ग्राहक अनुभव सुधार गर्छ,” उनले भने ।
आकाशटेलका सोलुसनहरू अहिले नेपालका विभिन्न बैङ्क, कर्पोरेट हाउस, शैक्षिक संस्था, सेवा प्रदायक तथा ई-कमर्स व्यवसायहरूमा प्रयोग भइरहेका छन् । एकीकृत कम्युनिकेसन, अटोमेसन र प्रभावकारी सेवा व्यवस्थापनका कारण कम्पनीको प्लेटफर्म व्यवसायहरूको रोजाइमा पर्दै गएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ २१:३८
