प्रविधिमा लामो समय कलम चलाउँदा मलाई लागेको थियो, लेखनसँगै त्यसलाई व्यवहारमा प्रयोग गर्न पाए जीवन कति सहज हुँदो होला । जापानको यात्रामा मैले त्यसको प्रत्यक्ष अनुभव गर्न पाएँ । लाग्छ, जहाँ हरेक कदममा प्रविधि छ । जापान भनेपछि नै प्रविधिको देश भन्ने लाग्छ । यो देशमा प्रविध...
