close

ओप्पो एनाइन २०२० स्मार्टफोन आज सार्वजनिक हुँदैं

टेकपाना टेकपाना

असोज ५, २०७६ ५:३९

ओप्पो एनाइन २०२० स्मार्टफोन आज सार्वजनिक हुँदैं

ओप्पोले सोमबार आफ्नो बुहप्रतिक्षित स्मार्टफोन ‘एनाइन २०२०’ सार्वजनकि गर्ने भएको छ । सोमाबार विषेश कार्यक्रमका बिच कम्पनीले उक्त स्मार्टफोन नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ ।

सार्वजनिक गर्ने तयारीमा रहेको उक्त स्मार्टफोन जेन जी पुस्ताका लागि लक्षित छ । सोमबारै कम्पनीले एफाइभ २०२० पनि सार्वजनिक गर्दैछ । कम्पनीका अनुसार सार्वजनिक गर्ने तयारीमा रहेको दुवै स्मार्टफोन मिड रेन्जका हुन् । दुवै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता छ ।

आकर्षण डिजाइनको साथ आउने यी फोनमा लामो समय टिक्ने ब्याट्रीको प्रयोग गरिएको छ । कम्पनीका अनुसार ओप्पो एनाइन २०२० मा ४८ एमपी अल्ट्रा-वाइड-एंगल क्वाड क्यामेरा रहेको छ । त्यसैगरी, यसमा रहेको १६ एमपी फ्रण्ट क्यामेरा छ । १९ घण्टासम्म लगातार मोबाइल प्रयोगको सुविधा दिने क्षमतासहितको यो फोनमा रहेको ५ हजार एमएएच ब्याट्री प्रयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३