close

फेसबुक स्टोरिज अब ह्वाट्सएपमा पनि

टेकपाना टेकपाना

असोज ७, २०७६ १:२४

फेसबुक स्टोरिज अब ह्वाट्सएपमा पनि

फेसबुक स्टोरिजबारे त हामी सबै परिचित नै छौं । २४ घण्टाको लागि फेसबुकमा फोटो वा भिडियो राख्ने सुविधा स्टोरिजले दिन्छ । २४ घण्टापछि अरुले नदेख्ने र सबैले सजिलै हेर्न सक्ने भएकाले पनि यो बढी लोकप्रिय बन्दैछ ।

लामो समयसम्म फेसबुकमा नरहोस् भन्ठानेका फोटो वा भिडियो पनि प्रयोगकर्ताहरु स्टोरिजमा राख्न रुचाउँछन् ।

फेसबुक स्टोरिज अहिलेसम्म ह्वाट्सएपमा पनि सोझैं सेयर गर्ने सुविधा छ ।

अब अर्को ठाउँमा पनि फेसबुक स्टोरिज सेयर गर्न सकिन्छ–ह्वाट्सएप ।

यो ह्वाट्सएपमा अहिले भएको स्टाटस भन्ने स्थान भन्दा तल देख्न सकिन्छ ।

चाँडै नै यो सेवा स्टेबल भर्सनको ह्वाट्सएपमा देख्न सकिन्छ अर्थात् सबै प्रयोगकर्ताले यो फिचर पाउनेछन् ।

यो सबै प्रयोगकर्ताको लागि उपलब्ध भइनसकेको फिचर हो । ह्वाट्सएपको नयाँ बेटामा यो फिचर उपलब्ध छ । आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताले ह्वाट्सएपको नयाँ बेटा डाउनलोड गरी प्रयोग गर्न सक्छन् ।

योबाहेक, ह्वाट्सएपमा अन्य नयाँ फिचर पनि थपिएका छन् ।

ह्वाट्सएप चाँडै नै फिंगरप्रिन्टको सहायताबाट पनि खुल्न सक्छ । अहिले ह्वाट्सएपमा पासवर्ड राख्ने सुविधा छ । तर, अब भने फिंगर प्रिन्टको सहायताले ह्वाट्सएप खुल्न सक्नेछ ।

यसका कारण प्रयोगकर्ताको ह्वाट्सएप म्यासेजहरु अरुले सहजै पढ्न सक्ने छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३