close

स्मार्टबाट सबै नेटवर्कमा एउटै रेट !

टेकपाना टेकपाना

माघ १४, २०७६ १६:३

स्मार्टबाट सबै नेटवर्कमा एउटै रेट !

अब मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको मोबाइलबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने भएको छ । कम्पनीले ८३ पैसा पैति मिनेट दरमा नेपाल टेलिकम र एनसेलका नम्बरमा समेत कल गर्न सकिने गरि ‘अल नेट, वान रेट’ भ्वाइस प्याक सार्वजनिक गरेको हो ।

स्मार्टले अन्य नेटवर्कमा सस्तोमा भ्वाइस कल गर्न सिमकार्ड फेरिरहनुपर्ने प्रयोगकर्ताको बाध्यताको अन्त्य गर्ने गरी यस्तो प्याक ल्याइएको जनाएको छ । योजना अनुसार कम्पनीले प्रयोगकर्ताका लागि १० रुपैयाँमै २४ घण्टासम्म अवधिको १२ मिनेट कुरा गर्न मिल्ने प्याक उपलब्ध गराएको छ । यसका लागि *141*1*4*1# डायल गर्नुपर्ने हुन्छ ।

यसै गरी *141*1*4*2# डायल गरी ९९ रुपैयाँमा ३० दिन मान्य अवधि रहेको १२० मिनेट टकटाइम रहेकाे अर्को विकल्प रोज्न सकिने सुविधा समेत रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१