close

कति कमाउँछ युट्युब ?

टेकपाना टेकपाना

माघ २१, २०७६ १०:२८

कति कमाउँछ युट्युब ?

गुगलले सन् २००६ मा भिडियो सेयरिङ साइट युट्युब १ अर्ब ७० करोड अमेरिकी डलरमा खरीद गर्‍यो । त्यस उप्रान्त आजको समयसम्म युट्युब अनलाइनमा समय बेतित गर्नेहरुका लागि महत्वपुर्ण पक्षको रुपमा रहँदै आएको छ, जुन संभवतः गुगलकै अपेक्षाभन्दा बढी हो ।

आखिर जेसुकै भए पनि युट्युबको आम्दानीको विषय अन्धकारमै थियो वा भनौँ गुगलको मातृ कम्पनी अल्फाबेटले त्यसलाई आफ्नै छातिभित्र बन्द राखेको थियो । अन्ततः आज अल्फाबेटले सन् २०१९ को चौथो चौमासिकमा युट्युबले कति पैसा कमायो भन्ने विषय औपचारिक रुपमै बाहिर ल्याएको छ । यसैका आधारमा वर्षभरीमा यसले कति आम्दानी गर्‍यो भन्ने विषयको अन्दाज गर्न सकिन्छ । 

अल्फाबेटको रिपोर्ट अनुसार सन् २०१९ को अन्तिम तीन महिनाको (अक्टुबरदेखि डिसेम्बरसम्म) आम्दानी चार अर्ब ७० करोड अर्थात पाँच खर्ब ३५ अर्ब रुपैयाँ नाघेको छ । यस आधारमा गएको वर्ष युट्युबबाट अल्फाबेटले करीब १५ अर्ब १० करोड डलर (१७ खर्ब १९ अर्ब नेपाली रुपैयाँ) आम्दानी गरेको छ । जुन गुगलको कूल आम्दानीको करीब १० प्रतिशत हुन आउँछ । 

अल्फाबेट अहिले मुख्यतः दुई क्षेत्रमा केन्द्रीत भइरहेको छ, युट्युब र गुगल क्लाउडमा । यसको गुगल सर्चमा भने उसले कम प्राथमिकतामा राखेको छ । 

अल्फाबेटको पुरा रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०