close

क्यान इन्फोटेक सुरु, यस्ता छन् मूख्य आकर्षण

टेकपाना टेकपाना

फागुन ३, २०७६ ८:५९

क्यान इन्फोटेक सुरु, यस्ता छन् मूख्य आकर्षण

यस वर्षको क्यान इन्फोटेक सुरु भएको छ । मुलुककै ठूलो सूचना प्रविधि मेलाको रुपमा हरेक वर्ष आयोजना हुँदै आएको इन्फोटेक शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको हो ।

मेलाको आयोजक कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष नवराज कुँवरले यो वर्षको क्यान इन्फोटेकमा आविष्कार र नवीनतम् सोच भएका व्यवसायलाई प्राथमिकता दिइएको बताए । प्रदर्शनीमा मोबाइल र ब्रोडब्यान्डका लागि छुट्टै पभेलियनमा राखिएको छ । प्रदर्शनीमा प्रविधि कम्पनीको उत्पादनसहित ब्राण्डलाई समेट्ने गरी व्यवस्थापन गरिएको क्यान महासंघका महासचिव नारायण थापाले बताए ।

बुधबारसम्म चल्ने इन्फोटेकमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी १ सय ८६ ओटा स्टल राखिएका छन् । प्रदर्शनीमा स्टार्टअप, इनोभेटिभ सोच तथा सूचना प्रविधी (आईसीटी) पढाइ हुने कलेजका बिशेष प्रोजेक्टहरुलाई बिशेष पभेलियन उपलब्ध गराइएको छ ।

गत वर्ष करिब ३ लाख ७६ हजारभन्दा धेरैले अवलोकन गरेको यस प्रदर्शनीमा यो वर्ष ४ लाखभन्दा धेरै
अवलोकनकर्ता आउने विश्वास आयोजकको छ । यस पटकको मेलामा प्रवेश टिकट प्रभु पेबाट अनलाइन खरीद गर्ने व्यवस्था समेत मिलाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१