काठमाडौं । नेपाली बजारमा सामसङले नयाँ फोन ल्याएको छ । कम्पनीले मिडरेन्ज सेगमेन्टमा ग्यालेक्सी एम५५ फाइभजी स्मार्टफोन नेपाली ग्राहकका लागि उपलब्ध गराएको हो ।
स्टाइलिस डिजाइनमा आएको यो फोनको चौडाइ ७.८ एमएम मात्रै छ, जसलाई कम्पनीले स्लिम र हलुका फाइभजी स्मार्टफोनका रुपमा अघि सारेको छ ।
त्यस्तै यसमा ४ एनएम आधारित स्न्यापड्रागन सेभेन जेन वन प्रोसेसर रहेको छ, जसका कारण प्रयोगकर्ताले फोनमा एकैपटक धेरै काम गर्न सक्नुका साथै उत्कृष्ट गेमिङ अनुभव पाउने कम्पनीको भनाइ छ ।
फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि कम्पनीले ४५ वाटको फास्ट चार्जर उपलब्ध गराएकाे छ । यो फोनको मुख्य क्यामेरा र सेल्फी क्यामेरा दुवै ५०/५० मेगापिक्सेलको रहेको छ ।
भ्वाइस फोकस, नक्स सेक्युरिटी, क्वीक शेयरजस्ता विशेषता भएकाे याे फाेनलाई नेपाली उपभाेक्ताले मन पराउने कम्पनीकाे विश्वास छ ।
८/२५६ जीबी संस्करणको मूल्य रु. ४८,९९९ र १२/२५६ जीबी संस्करणको मूल्य रु. ५३,९९९ कायम गरिएकाे छ । सामसङ इन्स्टा फाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याजदरमा ईएमआईमा यो फोन किन्ने विकल्प पनि छ ।