close

बीसीए पछि अब एमसीए पढाउँदै त्रिवि, यस्तो छ भर्ना प्रक्रिया

टेकपाना टेकपाना

बैशाख १८, २०८१ १६:१५

बीसीए पछि अब एमसीए पढाउँदै त्रिवि, यस्तो छ भर्ना प्रक्रिया

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सङ्कायले पहिलो पटक स्नातकोत्तर तहमा मास्टर अफ कम्प्युटर एप्लिकेसन (एमसीए) पढाउने भएको छ । विश्वविद्यालयले आगामी जेठदेखि पाटन बहुमुखी क्याम्पस, ललितपुरबाट पढाउन एमसीए कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

अहिले विश्वविद्यालयले यस विषयको प्रवेश परीक्षाको आवेदन खुलाइसकेको छ । स्नातक तहमा बीसीए, बीई इन्जिनियरिङ, बीआईटी, बीएससी सीएसआईटी, बीआईएम, बीएड आईसीटी/बीआईसीटी वा सो सरहका विषय अध्ययन गरेका विद्यार्थीले एमसीएमा भर्ना हुन पाउँछन् । तर उनीहरूले कम्तीमा पनि बी (२.७) ग्रेड अथवा ४५ प्रतिशत बढी अङ्क ल्याएको हुनु पर्नेछ । 

त्यस्तै चार ओटा सेमेस्टरमा पूरा हुने यो कोर्सको शुल्क साढे दुई लाख रुपैयाँ ताेकिएकाे छ । एक पटकमा ३० जना विद्यार्थीमात्र भर्ना हुन सक्नेछन् ।

इच्छुक विद्यार्थीले नियमित दस्तुरमा ३१ वैशाखसम्म र विलम्ब दस्तुरमा ३ जेठभित्र आवेदन दिन सक्नेछन् ।  प्रवेश परीक्षा भने ५ जेठ र नतिजा प्रकाशन ७ जेठमा हुनेछ । अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ १६:१५