close

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

टेकपाना टेकपाना

फागुन ८, २०७६ १०:४३

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै कांग्रसले मन्त्री बाँस्कोटाको बर्खास्तीको माग गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी प्रिन्टिङ पेर्स खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेकाे अनुमानित विवरण यस अघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात त्यो अनुमान बलियो ढंगले प्रमाणीत भएको छ ।’

७० करोड रुपैयाँ कमिसन सञ्चार मन्त्रीले मागेको अडियो पहिलो पटक बिहीबार विहान हाम्राकुराले सार्वजनिक गरेको थियो । कांग्रेसले तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धान प्रक्रियालाई सघाउन प्रधानमन्त्री केफ शर्मा ओलिलाई सार्वजनिक रुपमा आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१