close

अनलाइन सट्टेबाजी गराउने १३ भारतीय पक्राउ

टेकपाना टेकपाना

बैशाख २५, २०८१ ११:१२

अनलाइन सट्टेबाजी गराउने १३ भारतीय पक्राउ

काठमाडौं । अनलाइनमार्फत विभिन्न गेम खेलाएर सट्टेबाजी गराएको आरोपमा नेपाल प्रहरीले १३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले हिजो (सोमबार) बुटवल उपमहानगरपालिका वडा नम्बर ११ स्थित होराइजन चोकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूले घर भाडामा लिएर अनलाइनमार्फत गेम खेलाएर सट्टेबाजी गर्ने/गराउने कार्यमा संलग्न थिए ।उनीहरूका साथबाट १३ थान कम्प्युटर र ३९ थान मोबाइल बरामद गरिएको छ ।

अहिले उनीहरूमाथि म्याद थपेर छानबिन भइरहेकाले थप कुराहरू अनुसन्धान पछि खुल्ने उनले सुनाए ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८१ १२:१