close

कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेकी स्नेहा लामिछाने एक हप्तादेखि सम्पर्कविहीन

टेकपाना टेकपाना

बैशाख २६, २०८१ १६:३२

कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेकी स्नेहा लामिछाने एक हप्तादेखि सम्पर्कविहीन

काठमाडौं । सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थी स्नेहा लामिछाने एक हप्तादेखि सम्पर्कविहिन भएकी छिन् । स्नातक तह अन्तर्गत  कम्प्युटर इन्जिनियरिङ  पहिलो सेमेस्टरमा अध्ययनरत २२ वर्षीया लामिछाने गत १८ वैशाखदेखि सम्पर्कविहीन भएकी हुन् । 

चितवन घर भएकी उनी कलङ्कीमा आफन्तकहाँ बसेर कलेज पढ्थिन् । छोरी सम्पर्कमा नआएपछि २० वैशाखमा आमा शोभा लामिछानेले प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सीसीटिभी फुटेजमा अन्तिम पटक स्नेहा कलङ्कीकाे भाटभटेनीमा देखिएकी थिइन् । स्नेहालाई कसैले देखे जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

 

अपडेट: पारिवारिक स्रोतका अनुसार एक हप्तादेखि हराइरहेकी लामिछाने आज (बुधबार) साँझ पशुपति क्षेत्रमा सकुशल भेटिएकी छिन् । 

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८१ १९:११