close

गूगलका लाखौंका डिजिटल मार्केटिङ कोर्ष निःशूल्क, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

बैशाख २८, २०७७ १७:१९

गूगलका लाखौंका डिजिटल मार्केटिङ कोर्ष निःशूल्क, यसरी हुनुहोस् सहभागी

काठमाडौं । प्रविधिको दिग्गज कम्पनी गूगलले डिजिटल मार्केटिङ सम्बन्धी कोर्ष निःशूल्क रुपमा उपलब्ध गराएको छ । सामान्य रुपमा लाखौं तिरेर पढ्नु पर्ने यस्ता कोर्ष कोरोनाभाइरसको महामारीको समयमा गूगलले निःशूल्क उपलब्ध गराएको हो ।

कोरोनाका कारण घरमै बसिरहेको अवस्थामा प्रयोगतर्कालाई सहज होस् भन्ने उद्देश्यका साथ गूगलले डिजिटल मार्केटिङ सम्बन्धी विभिन्न कोर्ष निःशूल्क गरेको हो । जसमा सोसल मिडिया मार्केटिङ, कन्टेन्ट मार्केटिङ, ईमेल मार्केटिङ, मोबाइल मार्केटिङ, सर्च इन्जिन मार्केटिङ र ब्यानर एड्भर्टाजिङ लगायतका कोर्षहरु रहेका छन् ।

आफ्नो रुची अनुसार कोर्ष छनौट गरेर तपाईंले अनलानबाटै डिजिटल मार्किटिङ सिक्न सक्नुहुनेछ । यी कोर्ष पुरा गरेपछि तपाईंले प्रमाणपत्र समेत प्राप्त गर्न सक्नुहुनेछ । त्यसका लागि तपाईं यहाँ क्लिक गरी आफ्नो अध्ययन सुरु गर्न सक्नु हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१