close

ख्याल राख्नुहोस्, आज राति तपाईंको पोस्टपेडको ‘कल बार’ हुनसक्छ

टेकपाना टेकपाना

जेठ २, २०७७ १९:५१

ख्याल राख्नुहोस्, आज राति तपाईंको पोस्टपेडको ‘कल बार’ हुनसक्छ

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताको लाइन आज रातिदेखि बन्द हुनसक्छ । कम्पनीले अंग्रेजी महिनाको १५ तारिख राति पोस्टपेड तथा ल्याण्डलाइन नम्बरको बिल तयार पार्ने भएकाले ब्यालेन्स अपुग हुने ग्राहकको सेवा अवरुद्ध हुन सक्ने देखिएको हो ।

टेलिकमले सेवा सुचारु राख्न तथा मोबाइल कल बन्द हुन नदिन पर्याप्त ब्यालेन्स कायम राख्न अनुरोध गरेको छ । कम्पनीले बिल तयार गर्दा ग्राहकले महिनाभर गरेको कल रकम मासिक न्यूनतम महसुल (रेन्टल चार्ज) जोड्ने गरेको छ ।

रेन्टल बापत ग्राहकलाई उपलब्ध हुने छूट घटाई मासिक बिल तयार हुने गर्छ । उक्त बिल रकम ग्राहको ब्यालेन्ससँग मिलान गरिने भएकाले हाल कायम रहेको ब्यालेन्सले बिल चुक्ता गर्न अपुग देखिएमा लाइन बार अर्थात बन्द हुनसक्ने कम्पनीले जानकारी गराएको छ ।

http://45.32.118.189/2020/20716/

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१