close

इन्टरनेट डाउन हुँदा मोबाइल डेटाको माग बढ्यो

टेकपाना टेकपाना

बैशाख २०, २०८१ २०:८

इन्टरनेट डाउन हुँदा मोबाइल डेटाको माग बढ्यो

काठमाडौं । भारतीय अपस्ट्रिम सेवा प्रदायकले नेपालको इन्टरनेट लिंक काटिँदा बिहीवार दिउँसोदेखि अधिकांश निजी इन्टरनेट सेवाप्रदायकको सेवा प्रभावित भएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी राेकिदिएपछि भारतीय अपस्ट्रिम सेवा प्रदायकले एक वर्षयता रकम पाएका थिएनन् । फलस्वरुप नेपाल भित्रिने इन्टरनेटमै रोक लागेको छ ।

इन्टरनेट डाउन वा स्लो हुँदा ठूलो संख्यामा सेवाग्राही प्रभावित भएका छन् भने इन्टरनेटको वैकल्पिक स्रोतको रूपमा मोबाइल डेटाको माग बढेको छ । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउने अधिकांश प्रयोगकर्ताले मोबाइल डेटा प्रयोग गरिरहेको उल्लेख गरेका छन् ।

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले उपलब्ध गराइरहेका विभिन्न डेटा प्याकेजमा मानिसहरूको चासो देखिएको छ । एनसेलले त सामाजिक सञ्जालमा एक पोस्ट राखेरै इन्टरनेटमा समस्या भए आफ्नो फोरजी सेवा प्रयोग गर्न प्रयोगकर्तालाई प्रेरित गरेको छ । यता नेपाल टेलिकमले पनि निजी इन्टरनेट सेवाप्रदायकले सेवा दिन नसकेको मौका छोपेर आफ्नो एनटी फाइबरको प्रचार गर्न थालेको छ । टेलिकमले ग्राहकलाई बल्क एसएमएस पठाएर आफ्नो फाइबर इन्टरनेटको विज्ञापन गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८१ २०:३१