close

सफ्टबैंकको बोर्डबाट ज्याक माको राजीनामा, यस्तो छ कारण

टेकपाना टेकपाना

जेठ ६, २०७७ २०:४१

सफ्टबैंकको बोर्डबाट ज्याक माको राजीनामा, यस्तो छ कारण

काठमाडौं । अलीबाबा ग्रुपका सहसंस्थापक ज्याक माले सफ्ट बैंकको बोर्ड अफ डिरेक्टरबाट राजीनामा दिएका छन् । १३ वर्षसम्म उक्त कम्पनीको बोर्डमा रहेका ज्याकमाको राजीनामा आगामी जून २५ मा आयोजना हुने सफ्ट बैंकको वार्षिक शेयरधनी वैठकबाट लागु हुने बताइएको छ ।

ज्याक माको राजीनामा पछाडिको कारणको विषयमा कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन । तर विगत केही वर्षदेखि परोकारमा लाग्न ज्याक माले सबै व्यवसायहरुबाट हात झिक्दै आएका छन् । गत सेप्टेम्बरमा उनले अलीबाबाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

सफ्टबैंक ग्रुपका अध्यक्ष तथा सीईओ मासायोसी सनसँग ज्याक माको पुरानो व्यवसायिक सम्बन्ध रहेको छ । सफ्ट बैंक अलि बाबाको एउटा प्रमुख सहायक कम्पनी पनि हो । उक्त कम्पनीले अलीबाबामा सन् २००० मा दुई करोड डलर लगानी गरेको थियो ।

फ्रेब्रुअरी २०२० को एसईसी फाइलिङका अनुसार सफ्टबैंक कम्पनीले अलिबाबाको २५.१ प्रतिशतको शेयर स्वामित्व ग्रहण गर्दैछ । कम्पनीको उक्त शेयर हिस्साको मूल्य एक खर्ब डलर रहेको छ । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३