ट्रेन्डिङ:
कोभिड–१९ विरुद्धको प्रविधि विकास गर्नेलाई नाष्टले १० लाख दिने एनसेलबाट तत्काल कर नअसुल्न सर्वोच्चको अन्तरिम आदेश टेलिकमको मोबाइलमा फोन गर्दा सुरुमा किन आइरहेको छ बेग्लै आवाज ? डिजिटल नम्बर प्लेटको प्रयोगसँगै सवारीचालकको गोपनीयतामाथि प्रश्न सस्तो शुल्कमा नेपालमै विदेशको प्रतिष्ठित आईटी डिग्री लेभनिङ ब्रान्डको विद्युतिय स्कुटर खरिदमा नबिल बैंकले शून्य ब्याजदरमा २ लाखसम्मको ऋण दिने गुगल म्याप प्रयोग गर्दा आउने आवाज कसको होला ? एप्पलको एपस्टोरमा पनि फैलियो खतरनाक मालवेयर, तुरून्त हटाउनुहोस् यी ७ एप बालेनसँग जोरी खोज्दा सामाजिक सञ्जालमा छुद्र बने सांसद महेश बस्नेत मिडिया हबले पायो नेपालमा विश्वकप फुटबलको प्रसारण अधिकार
close

कोभिड–१९ विरुद्धको प्रविधि विकास गर्नेलाई नाष्टले १० लाख दिने

टेकपाना टेकपाना

जेठ २७, २०७७

कोभिड–१९ विरुद्धको प्रविधि विकास गर्नेलाई नाष्टले १० लाख दिने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोभिड–१९ विरुद्ध प्रविधि विकास गर्ने तथा स्टार्टअपलाई १० लाख रुपैयाँ सरकारी अनुदान दिने भएको छ । कोरोनाका कारण सिर्जना भएको महामारी र त्यसले ल्याएका समस्यासँग जुध्न आवश्यक प्रविधिको विकास वा भएका प्रविधिलाई परिमार्जन गर्ने कार्यका लागि यो अनुदान रकम उपलब्ध गराईने नाष्टले जनाएको छ ।

मंगलबार सार्वजनिक सूचना जारी गर्दै नास्टले यसबारे जानकारी गराएको हो । नास्टका प्रवक्ता सुरेश कुमार ढुंगलेका अनुसारे कोभिड–१९ प्रतिरोधका लागि प्रविधि विकास एवं नवप्रवर्तन योजना अन्तर्गत यो अनुदान रकम उपलब्ध गराउन लागिएको हो ।

यसमा आगामी १५ दिन भित्र प्रस्ताव पेश गर्न सकिने छ । प्रस्ताव अनुसार आवश्यक अध्ययन गरी प्रतिप्रस्तावलाई १० लाख रुपैयाँसम्म अनुदान दिने योजना रहेको प्रवक्ता ढुंगेलले बताए ।

ढुंगेलका अनुसार अनुदानको लागि सहभागी हुन नाष्टले केही क्षेत्रहरु छुट्याएको छ । जसमा स्वास्थ्य प्रविधि तथा यान्त्रिकीकरण तथा औषधी निर्माण वा भ्याक्सीन विकासलाई सबैभन्दा प्राथामिकतामा राखिएको छ ।

त्यस्तै सूचना प्रविधि, कृषि प्रविधि तथा यान्त्रिकीकरण, जैविक तथा खाद्य प्रविधि, संक्रमणकालिन पूर्व तयारी प्रविधि, स्वास्थ्य एवम् कृषि र वातावरण क्षेत्रको समस्या समाधान गर्न निर्माण गरिएको उदयीमान प्रविधि सहभागी हुन पाउनेछन् ।

उल्लेखितमध्ये यथाशिघ्र सम्पन्न हुनसक्ने र महामारीका विरुद्ध लड्न आवश्यक पर्ने अति आवश्यक प्रविधिलाई प्राथमिकता दिइने जनाईएको छ । यदि उल्लेखित क्षेत्रमध्ये कसैले यसअघि निर्माण गरेको प्रविधिलाई परिमार्जन गर्ने हो भने परिमार्जनको प्रस्ताव समेत पेस गर्नुपर्ने जनाइएको छ ।

यसका लागि थप जानकारी आवश्यक परेमो यहाँ क्लिक गर्न सक्नुहुनेछ । अथवा नास्टको ईमेल ठेगाना [email protected] मार्फत सम्पर्क गर्न सकिने छ ।