close

रोजगारी सञ्जालको भर्सन २.० सार्वजनिक, जागिर खोज्ने र दिने दुवैलाई नि:शूल्क सेवा

टेकपाना टेकपाना

साउन २१, २०७७ १३:१२

रोजगारी सञ्जालको भर्सन २.० सार्वजनिक, जागिर खोज्ने र दिने दुवैलाई नि:शूल्क सेवा

नेपालमा रहेको रोजगारीको समस्यालाई अनलाइन मार्फत सहजीकरण तथा समाधान गर्ने उद्देश्यले सार्वजनिक गरिएको नि:शूल्क जब पोर्टल रोजगारी सञ्जाल डटकमले आफ्नो नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार पोर्टलको नयाँ भर्सन २.० सार्वजनिक गरेको हो ।

ग्रेफियस टेक्नोलोजीले २०७६ साउन १० गते रोजगारी सञ्जालको पहिलो भर्सन सार्वजनिक गरेको थियो । रोजगारी सञ्जालको वेबसाइटमार्फत् कुनै पनि संघसंस्था, उद्योग, व्यावसायिक संगठन लगायतले आवश्यक कर्मचारीको खोजी गर्न सक्दछन् ।

यसमा आफ्नो कम्पनीको अकाउण्ट खोलेर निःशूल्क रुपमा विज्ञापन राख्‍न पाउने सुविधा कम्पनीले दिएको छ । साथै कम्पनीहरुले जागिरको खोजीमा रहेका व्यक्तिको विवरण हेरी सोझै सम्पर्क गर्नसमेत सक्ने व्यवस्था मिलाइएको छ ।

नयाँ अपडेटमार्फत रोजगारी सञ्जालले नयाँ सुविधा समेत थप गरेको गरेको छ ।
सँगसँगै जागिरको खोजीमा रहेकाले पनि वेबसाइटमा गएर व्यक्तिगत अकाउण्ट खोली आफूलाई उपयुक्त रोजगार छनौट गर्न सक्छन् ।

वेबसाइटबाटै आफ्नो बायोडेटा पब्लिस गर्न, रोजगारीका लागि आवेदन दिन र चाहेको कम्पनीलाई फलो गरी भ्याकेन्सीको बारेमा अपडेट प्राप्त गर्न समेत सकिन्छ ।

आधुनिक शैलीको बायो डेटा डाउनलोड गर्न सकिने नयाँ फिचर ल्याइएको छ । वेबसाइटमा भएका फिचर सरल तथा सहज रुपमा प्रयोग गर्न सकिने गरी नयाँ भर्सन २.० सार्वजनिक गरिएको ग्रेफियस टेक्नोलोजीका अध्यक्ष तथा रोजगारी सञ्जाल डट कमका सीईओ देवेन्द्र नेपालले बताए ।

कोरोनाको महामारीमा बाध्यताले रोजगारी गुमाएकाहरुका लागि कम्पनीले आफ्नो प्लेटफर्म विशेष उपयोगी हुने विश्वास व्यक्त गरेको छ । ‘अबको केही समयमा रोजगारी सञ्जालको मोबाइल एप पनि ल्याउँदै छौं,’ नेपालले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३