close

अनलाइन फर्म भर्ने गर्नुभएको छ ? असुरक्षित भए अब क्रोमले नै दिनेछ चेतावनी

टेकपाना टेकपाना

भदौ ५, २०७७ १३:२२

अनलाइन फर्म भर्ने गर्नुभएको छ ? असुरक्षित भए अब क्रोमले नै दिनेछ चेतावनी

काठमाडौं । हामी प्रायः अनलाइन प्लेटर्फममा विभिन्न किसिमका फर्म हरु भरिरहेका हुन्छौं । त्यसमा कतिपय आवश्यक हुन्छन् त केही प्रलोभनका कारणले पनि भर्ने गरिन्छ । हामीले त्यसरी भर्ने फर्ममार्फत ह्याकरले व्यक्तिगत जानकारी संकलन गरिरहेका हुनसक्छन् ।

यस्तो विषयमा हामी कहिल्यै सचेत भएका छैनौं । अब भने गूगल क्रोमले नै प्रयोगकर्तालाई फर्म भर्ने विषयमा चेतावनी दिने भएको छ ।

यदि तपाईं कुनै फर्म भरेर अनलाइनमार्फत सब्मिट गर्दै हुनुहन्छ भने त्यस्ता फर्म कत्तिको सुरक्षित छन् वा छैनन् भनेर क्रोमले नै प्रयोगकर्तालाई जनाकारी दिने भएको हो ।

यदि भर्न लागिएको फर्म असुरक्षित छ भने तपाईंलाई यो प्लेटर्फम असुरक्षित छ, फर्म सब्मिट नगर्नुहोस् भनी चेतावनी दिइने कम्पनीले जनाएको छ ।

प्रयोगकर्तालाई आफ्नो महत्वपूर्ण जानकारी जथाभावी रुपमा शेयर गर्नबाट रोक्नु यसको उद्देश्य रहेको गूगलले बताएको छ । यो फिचर क्रोम एम ८६ भर्सनमार्फत प्रयाेगकर्तालाई उपलब्ध हुने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३