close

मोबाइलबाटै शेयर कारोबार गर्न ‘मेरो सेयर’ एप, यसरी गर्नुहोस् डाउनलोड

टेकपाना टेकपाना

असोज १, २०७७ १२:४२

मोबाइलबाटै शेयर कारोबार गर्न ‘मेरो सेयर’ एप, यसरी गर्नुहोस्  डाउनलोड

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले शेयर काराेबारका लागि सहज बनाउन ‘मेरो सेयर’ एप सञ्चालनमा ल्याएको छ। अहिले परीक्षणका लागि ‘गुगल प्ले स्टोर’ मा अपलाेड गरिएकाे याे एप आईओएसका लागि पनि चाँडै निर्माण गरिने भएकाे छ ।

मेराे शेयरकाे वेब भर्सनमा उपलब्ध ‘माइ आस्वा’ भित्र रहेका सुविधा बाहेकका सेवा उपलब्ध रहेको सिडिएसीले जनाएकाे छ । यसअन्तर्गत हाल लगानीकर्ताहरुले सेयर विवरण, बजार मूल्यकाे पोर्टफोलियो, आईपीओ, एफपीओ तथा हकप्रद सेयर आवेदन, भारित औषत लागत गणना, इडीआइएस जस्ता सुविधा प्राप्त गर्नेछन् ।

कम्पनीले मेरो सेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री र सहज बनाउने उद्देश्यले एप बनाइएको विज्ञप्तिमा जनाएको छ।

पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत समाधान हुने बताइएको छ। साथै यसअघि लिमिटेडबाट कुनै पनि एप नबनाइएकाे जानकारी गराउँदै अनाधिकृत एपबाट सुरक्षित रहन अनुराेध समेत गरिएकाे छ ।

एप डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०