close

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

टेकपाना टेकपाना

असोज ९, २०७७ ८:५५

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेकाे छ । याे प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

ह्याप्पी लर्निङ प्याकका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डेटा प्राप्त गर्न सक्ने छन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

त्यसैगरी ३५ जीबी डेटा प्याकेजमा ३० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

कसरी लिने त ह्याप्पी लर्निङ प्याक ?

१. सबैभन्दा पहिला आफ्नो क्याम्पस वा स्कुलको परिचपपत्र वा प्रवेशपत्रकाे फोटो मोबाइल मा खिच्नुहोस वा स्क्यान गर्नुहोस ।

२. त्यसपछि याे लिंकमा क्लिक गरि केवाइसी फर्म भर्नुहाेस् ।

३. प्राेसिड (proceed) मा क्लिक गर्नुहोस।

४. तपाईको मोबाईल मा १४२२ वाट आएको ओटिपी भेरिफिकेसन कोड ३ वटै वक्समा टाइप गर्नुहाेस् । त्यस पछि नेक्स्ट (Next) गर्नुहोस । अब एक्टिभ भएको म्यासेज आउँछ।

५. आवश्यक रकम रिचार्ज गर्नुहोस।

६. *१४४१# डायल गरी आवश्यक भाेल्युम प्याक लिनुहोस र एक्टिभेट भएको पक्का गर्नुहोस।

अब ह्याप्पी लर्निङ प्याक प्रयाेग गरी जूम वा एमएस टिम्स वा गुगल मिटबाट आफूले चाहेको कक्षा पढ्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०