काठमाडौं । तपाईंले खिच्ने फोटो, भिडियो र बनाउने वर्ड फाइलहरु विभिन्न फर्म्याटमा हुन्छन् । जसलाई तपाईं दैनिक जीवनमा देखी सुनिरहनु भएको हुन्छ ।
तर वास्तवमा बुझिरहनु भएको भने हुँदैन । आज हामी तपाईंलाई जेपीजी तथा जेपीईजी, पीएनजी, जीआईएफ, टिआईएफएफ र ईपीएस जस्ता विभिन्न फाइलका बारेमा बताउँदै छौं ।
हामीले सुन्ने विभिन्न किसिमका फोटो फाइल फर्म्याटका आआफ्नै विशेषता र काम हुन्छन् । यी सबै फाइल फर्म्याटलाई बुझ्न सबैभन्दा पहिले हामीले फोटोहरुको दुई वटा वर्गलाई स्पष्टरुपमा बुझ्नुपर्छ ।
फोटोहरुलाई विशेषगरी रेस्टर र भेक्टर गरी दुई वर्गमा विभाजन गरिन्छ । रेस्टर इमेज तपाईंको साधारण फोटो जस्तै हुन्छ । रेस्टर फोटोहरु ससाना पिक्सेल जोडिएर एउटा पूर्ण फोटो बन्दछ ।
तर यदि तपाईंले यस्तो फोटोलाई ठूलो साइजमा बढाएर एउटा पुरै भित्ता समेट्नसक्ने किसिमको बनाउनु पर्यो भने र फोटोको क्वालिटी राम्रो छैन भने फोटो ठूलो हुँदै जाँदा त्यसको गुणस्तर पनि बिग्रिएर फाट्न थाल्दछ ।
तर भेक्टर फोटोमा यस्तो केही हुँदैन । भेक्टरमा कुनै वास्तविक इमेज हुँदैन । यो एउटा सूत्र जस्तै हुन्छ, जसमा तपाईंले आफ्नो कम्प्युटरलाई कहाँ के चाहिन्छ भनेर बताउनुहुन्छ । यसमा फोटोलाई जति ठूलो सानो बनाए पनि फोटोको क्वालिटी सधैं उस्तै रहन्छ ।
यी दुई वर्गभित्र यी विभिन्न फोटो फाइल फर्म्याट पर्दछन् । जस्तै रास्टरभित्र जेपीईजी पर्दछ ।
जेपीईजी
जेपीईजी तथा जेपीजी रास्टर वर्गमा पर्दछ । यो एउटा कम्प्रेस फोटो हो । यसमा फोटोको साइज कम हुन्छ र क्वालिटी पनि राम्रो हुन्छ । यसमा हामी लस्सी (Lossy) कम्प्रेसनको प्रयोग गर्दछौं ।
यसमा फोटोको फाइल साइज पनि घट्दछ । जेपीईजीको पुरा रुप भनेको ज्वाइन्ट फोटोग्राफिक एक्सपर्ट ग्रुप हो । जेपीईजी एकदमै धेरै प्रयोग हुने फोटो फाइल फर्म्याट हो ।
इन्टरनेटबाट तपाईंले फोटो डाउनलोड गर्दा अधिकांश फोटोहरु जेपीईजी फर्म्याटमा हुन्छन् । फोनमा फोटो क्लिक गर्नु भयो भने त्यो पनि जेपीईजीमा नै सेभ हुन्छ । यो सबै ठाउँ सजिलैसँग सपोर्ट गर्दछ ।
जीआईएफ
जेपीईजीमा लस्सी कम्प्रेसनको सहयोगमा फोटोलाई कम्प्रेस गर्दा त्यसमा एउटा समस्या आउँछ । सामान्यतयाः तस्वीरमा भएको अनुहारमा लस्सी कम्प्रेसन लगाउँदा कुनै समस्या हुँदैन ।
तर यसलाई स्ट्रेट लाइन, सार्प एजेजले त्यसमा कम्प्रेसन गर्दा फोटो बिग्रने समस्या हुन्छ । तर जीआईएफले त्यो समस्यालाई समाधान गरिदिन्छ ।
यसले एकदमै राम्रो काम गर्दछ । यसबाहेक यसमा ट्रान्सपरेन्सी पनि एड गर्न सकिन्छ । अलग अलग फ्रेम एड गर्ने भएकोले यसबाट फोटोलाई एनिमेट गर्न पनि सकिन्छ ।
तर यसमा पनि एउटा छुट्टै समस्या छ । यसमा अधिकतम कलर सपोर्ट २५६ वटा मात्रै छ ।
तर यदि तपाईंलाई हाई क्वालिटी प्रिन्ट चाहिएको छ र हजारौं रंगहरु प्रयोग गर्नु छ भने यसले तपाईंको फोटोलाई सपोर्ट गर्दैन ।
पीएनजी
पीएनजीको अर्थ पोर्टेबल नेटवर्क ग्राफिक्स हो । पीएनजीमा जेपीईजी र जीआइएफ दुवैका सबै राम्रा फिचरहरु समायोजन गरिएको छ । यसमा एकदमै राम्रो रंग, ट्रान्सपरेन्सी र एजहरु पनि अझ शार्प बनेर आउँछन् ।
तर यसमा फाइलको साइज बढ्ने समस्याले फेरी जन्म लिएको छ । पीएनजी इन्टरनेटमा त्यति धेरै प्रयोग हुँदैन ।
तर शार्प एज, ट्रान्सपरेन्सी चाहिएको खण्डमा यस किसिमको फोटो फाइल फर्म्याटको प्रयोग गरिन्छ । जेपीईजीको तुलनामा यसमा क्वालिटी राम्रो पाउन सकिन्छ तर यसमा साइज ठूलो हुन्छ ।
टीआईएफएफ
टीआईएफएफको पूर्ण रुप ट्याग्ड इमेज फाइल फर्म्याट हो । यो एउटा कम्प्रेसन नगरिएको फोटो फाइल हो । यसमा लस्सी कम्प्रेसन हुँदैन ।
तर यसको फाइल साइज एकदमै ठूलो हुन्छ । कम्प्रेसन नहुने हुँदा यसमा क्वालिटी एकदमै राम्रो पाइन्छ ।
तर यसले स्टोरेज धेरै खान्छ । सामान्य प्रयोगका लागि हामी फोटो कहिल्यै पनि टीआईएफएफ फाइल फर्म्याटमा राख्दैनौं ।
ईपीएस
ईपीएस भनेको इन्क्याप्सुलेटेड पोस्ट स्क्रिप्ट । यो विशेषगरी एउटा फर्मुला नै हो । यसको लागि तपाईंले सिस्टमलाई फोटो कसरी बनाउने भनेर इन्स्ट्रक्सन दिनुहुन्छ र एउटा पूर्ण फोटो बन्छ ।
तपाईंले फोटोशपमा यसलाई खोलेर फोटो बनाइसकेपछि यसलाई माथि उल्लेखित जुनसुकै साइजमा तयार गर्न सक्नुहुन्छ ।